शिखको वडा कार्यालय आफ्नै भवनमा

Gandaki Pardesh notice


बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ ।

तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो । जिविसले वि.स. २०६९ देखि एक तलो चार कोठे भवन निर्माण शुरु गरेको थियो ।

अलपत्र परेको भवन निर्माणलाई पूर्णता दिएर यसै हप्तादेखि कार्यालय सञ्चालन गरिएको अन्नपूर्ण–५ का वडा अध्यक्ष राजेश तिलिजाले बताउनुभयो । “गाविस हुदै शुरु भएको भवन निर्माणको काम अलपत्र परेको थियो,” उहाँले भन्नुभयो “पहिलो कार्यकालमा निर्माणलाई पूर्णता दियौ, दोस्रो कार्यकालमा प्रयोगमा आएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चुहिने समस्या रहेको भवनमा ढलान र जस्तापाटाले छाएर एक वटा तला थपिएको छ । गत आर्थिक वर्षमा रु. तीन लाख बिनियोजन भएको थियो । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत संरक्षण क्षेत्र व्यवस्थापन समितिको एक वटा कोठामा वडा कार्यालय सञ्चालन हुदै आएको थियो ।

सभाहल र कर्मचारीका लागि आवास सुविधा सहितको नयाँ भवन निर्माण भएपछि कार्यालय सञ्चालन, तालिम, बैठक सञ्चालन गर्न र सेवाग्राहीलाई सहज भएको छ । १५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा वि.सं. २०६९ देखि भवन निर्माण शुरु भएको थियो ।

लमजुङको काशी निर्माण सेवाले रु. २८ लाखमा ठेक्का सम्झौता गरेको थियो । ढलान गरिसकेको भवन चुहिने समस्या थियो । स्थानीयबासीले कमशल र गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको विषयमा आवाज उठाएपछि अधकल्चो काम छाडेर भागेका व्यवसायीले जिविस र प्राबिधिक कार्यालय भंग भएपछि फर्किएनन् ।

गाउँपालिकाले पलास्टर, रङरोगन, फर्नीचर, विद्युत, पानी जडानको काम गरेर वडा कार्यालय भवन प्रयोगमा ल्याएको हो । भवन निर्माण शुरु हुनुअघि स्थानीयबासीले जग्गा उपलब्ध गराएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...