मल्लाज स्वास्थ्य चौकीलाई सामग्री सहयोग

Add Samajik bikash office

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज स्वास्थ्य चौकीलाई करिब रु. तीन लाख मूल्य बराबरको उपकरण र सामग्री सहयोग प्राप्त भएको छ ।

वान हार्ड वल्र्ड वाइड संस्थाले प्रसुति सेवाका लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री शुक्रबार उपलब्ध गराएको हो । डेलिभरी बेड लगायतका सामग्री संस्थाका प्रतिनिधीले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष एकिन्द्र खत्री लगायतलाई हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अध्यक्ष आचार्यले उपकरण र सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद दिदै यसबाट जलजलाको तीन वटा वडाका बासिन्दालाई सुबिधा पुग्ने बताउनुभयो । उहाँले यही भदौ १५ गतेदेखि सञ्चालन हुने गरी मल्लाज स्वास्थ्य चौकीमा निशूल्क ल्याब परिक्षण सेवाको व्यवस्था मिलाउन चौकीका प्रमुख गोरे नेपालीलाई निर्देशन दिनुभयो ।

प्रयोगशाला सञ्चालनका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आचार्यद्धय सहितको टोलीले मल्लाजमा निर्माणाधिन आधारभूत अस्पताल, वडा नम्बर २ भवन निर्माण योजनाको अनुगमन गर्नुभयो । उहाँहरुको उपस्थितिमा पर्वत बेनी–मल्लाज सडक निर्माणका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीका प्रनिधिी र सडक डिभिजनका प्राबिधिक टोलीले सर्वे गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...