हाँडेभिरमा पहिरो खसेपछि बागलुङ–बेनी सडक अवरुद्ध

Add Samajik bikash office

बेनी, । बेनी नगरपालिका–२ हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ ।

हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएको र खसेको पहिरो नपन्छाउँदा सम्म सो सडक भएर आवत जावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभएको छ ।

Bhautik ministry notice about road

बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधिन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको प्रजिअ रानाले बताउनुभयो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तिब्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई बागलुङ भएर सञ्चालन गरिएको थियो ।

Shreekrishna hardwear in news

हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । बुधबार पहिरो खसेर सडकमा हिडिरहेका दुई जना महिलालाई चोट लागेर घाइते हुनुभएको थियो । पहिरोले गुडीरहेका सवारी साधन, इन्टरनेट र विजुलीको तारलाई पनि क्षति पु¥याएको छ । यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिएपनि शुक्रबार ठूलो ढिक्सो खसेर सडकमा थुप्रिएको छ ।

हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्का मार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...