नवौ राष्ट्रिय खेलकुदका लागि म्याग्दीका दुई सय खेलाडी छनौट

Gandaki Ghumau

बेनी, । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म्याग्दीबाट करिब दुई सय जना खेलाडी छनौट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिले १४ वटा बिधाका १९७ जना खेलाडी छनौट गरिएको जनाएको छ । समितिका अध्यक्ष दिनेश केसीले खेलकुदका सम्बन्धी संघहरुसँग समन्वय गरेर खेलाडी छनौट गरिएको जानकारी दिनुभयो ।

“साउन ४ गतेदेखि खेलाडी छनौट थालिएको थियो,” उहाँले भन्नुभयो “पोखरामा भदौ १६ देखि १८ गतेसम्म सञ्चालन हुने प्रदेश स्तरीय प्रतिस्पर्धामा छनौट हुने खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउनेछन् ।”

Shreekrishna
Gunasthariya Shiksya

समितिका सदस्य सविस चोखालले म्याग्दीबाट आइटिएफ तेक्वान्दोका खेलाडी पहिलो पटक राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको बताउनुभयो । भलिबल, बास्केटबल, फुटबल र कवड्डीको महिला पुरुष दुवै समूहमा खेलाडी छनौट गरिएको छ ।

आर्चरी, तेक्वान्दो, कँराते, उसु, बक्सीङ, टेबल टेनिस, ब्याडमिन्टन लगायत बिधाका खेलाडी छनौट भएका हुन् । प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट प्रदेश गरेर छनौट हुने खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी बनाएर राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने भएको छ ।

नवौ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखरा बाहेकका सहरमा पनि सञ्चालन गर्ने तयारी भएको छ । म्याग्दीको बेनीमा तेक्वान्दो र महिला भलिबलको प्रतियोगिता सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...