सहकारीका पदाधीकारीलाई तालिम

Add Samajik bikash office

बेनी, । जलजला गाउँपालिकाका सहकारी संस्थाका पदाधीकारीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाको कृषि तथा सहकारी विकास शाखाको आयोजनामा मिलनचोकमा बुधबार र बिहिबार सञ्चालन भएको तालिममा २२ वटा सहकारीका ४६ जनाको सहभागिता थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सहकारीका पदाधिकारी तथा व्यवस्थापकहरुलाई सहकारी व्यवस्थापन तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिमको राष्ट्रिय सहकारी बैंकका तालिम महाशाखाका अधिकृत राजकुमार बराल र सहकारी बैंक बागलुङका शाखा प्रबन्धक युवराज त्रिपाठीले सहजीकरण गर्नुभएको थियो । तालिममा सहकारी संस्थाहरुको वित्तिय क्षेत्रको नियमन, सूचना तथा तथ्याङहरुको अध्यावधिक, नियमक निकायहरुको सूचनाहरुको प्राप्ती र संकलन तथा सम्प्रेषण गर्ने उद्देश्यका वारेमा सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले तालिमको उद्घाटन गर्नुहुँदै सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने जोड दिनुभयो । उत्पादनमुलक क्षेत्रमा लगानी गरेर ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो । सहकारीहरु नाफामुलक भन्दा पनि सेवामुलक हुनुपर्र्ने उहाँले बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको तालिमको कृषि तथा सहकारी विकास शाखाका प्राविधिक सहायक राजु गौतमले संचालन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...