माओवादीले म्याग्दीमा चुनावी तयारी थाल्यो

Gandaki Pardesh notice

बेनी । नेकपा(माओवादी केन्द्र) म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।

बेनपा ४ सिंगामा भदौ ६ र ७ गते बसेको माओवादीको विस्तारित बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्न चुनाबी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनमा एक दर्जन बढी नेताहरुले उम्मेद्वार बन्न आकांक्षा राखेका छन् ।

बैठकको एजेण्डा अनुसार नै संघ र प्रदेश तर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले आफ्नो दावि प्रस्तुत गरेका थिए । आसन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा गोविन्द पौडेल, रेशम जुग्जाली, विनोद केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न आकांक्षा राख्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

त्यसैगरि प्रदेश सभा ‘क’ मा हरि बहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न दावि गर्नुभएको छ भने प्रदेश सभा ‘ख’ मा रेशम जुग्जाली, झक बहादुर छन्त्याल, खुमनाथ सुवेदी, चन्द्रप्रसाद बुढाथोकी र अर्जुन थापाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्नुभएको छ ।

त्यसैगरि समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यामन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न आकांक्षा राख्नुभएको छ । बैठकले भदौ २० गतेभित्र जिल्लाका ६ वटै स्थानीय तहमा पालिका स्तरीय विस्तारित बैठक गर्ने र भदौ महिनाभित्रमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्नपूर्ण गाउँपालिकाको इन्चार्जमा बागविर पाईजा र अध्यक्षमा थमबहादुर विकलाई जिम्मेवारी दिनका लागी प्रदेश समितिमा सिफारिस गर्ने निर्णय समेत गरेको जिल्ला संयोजक सुविन जुग्जालीले जानकारी दिनुभयो ।

बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा संगै पार्टीको जिल्ला समन्वय समिति, जनबर्गिय संगठन, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सल्लाहकार सदस्य चन्द्रबहादुर घिमिरेले माओवादीको एजेण्डा अनुसार संघीयता कार्यान्वयन भएको बताउँदै यसको सहि कार्यान्वयनका लागि पनि माओवादीकै नेतृत्व स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा स्थानीय तह निर्वाचनले समेत माओवादीको शक्ति निर्णायक देखिएको बताउँदै पार्टीलाई सम्मानजनक अवस्थामा मात्रै निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेश कमिटीका सह–सचिब टेकबहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य विनोद केसी लगायतले व्यक्तिगत चाहना र अपेक्षा भन्दा माथि उठेर, समाजको परिवर्तन र पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रिीत हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । बैठकमा उठेका प्रश्नहरुको पालिका कमिटीका अध्यक्ष, इन्चार्ज लगायतले समेत जवाफ दिनुभएको थियो भने स्थानीय तहमा पार्टी संगठनको अवस्था बारे समेत रिपोटिङ पेश गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...