नागरिकता विधेयक संसोधन गर्न दबाव

Gandaki Pardesh notice

बेनी। क्षेत्री समाज म्याग्दीले प्रतिनिधीसभाबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयक विरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।

प्रतिनिधीसभाबाट बहुमतको आधारमा पारित भएर राष्ट्रियसभामा छलफलको चरणमा रहेको नागरिकता विधेयक फिर्ताका माग सहित क्षेत्री समाजले प्रशासनमा धर्ना बसेका हुन् ।

Bhautik ministry notice about road

समाजको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा दिउँसो ११ देखि १२ बजेसम्म ब्यानर सहित धर्ना बसेका थिए । समाजका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर घिमिरेले नागरिकता विधेयकमा भएको केही बुँदाहरु संसोधन गर्न सरकारलाई दवाव दिन धर्ना बसेको बताउनुभो ।

Shreekrishna hardwear in news

नेपाली पुरुषसँग बिवाह गर्ने विदेशी महिलाहरुलाई नागरिकता दिने सम्बन्धमा कडाई गर्नुपर्ने क्षेत्री समाजको माग छ । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनी विधेयक प्रमाणिकरण नगरिकनै पुनः प्रतिनिधि सभामा पठाउनुभएको थियो ।

सोही विधेयक प्रतिनिधि सभाले बहुमतको आधारमा पारित गरेको थियो । समाजका पदाधीकारी र सदस्यहरुको उपस्थितिमा धर्ना बसेका थिए । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनाइएको नागरिकता विधेयकमा खासगरी नेपालमा विवाह गर्ने विदेशी महिलालाई वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्ने समयसीमा राख्नुपर्ने माग गरेका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...