सडकमा घाइते भेटिएकाको मृत्यु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौर स्थित सडकमा घाइते अवस्थामामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।

बेनी–दरवाङ सडकको सिमलचौर खण्डमा सोमबार राती गम्भिर घाइते अवस्थामा भेटिएका स्थानीय ४२ वर्षीय गणेशबहादुर खत्रीको बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी नायव उपरीक्षक तिलक भारतीले मृतकको शरिरमा सवारी साधनले किचेको बताए । ‘मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ,’ उनले भने ‘शकास्पद एक वटा गाडी र सवारी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौ ।’

Shreekrishna hardwear in news

दुर्घटना हुन अघि पछिको समयमा सो सडक आवत जावत गरेका अन्य गाडीहरुको पहिचान र सोधपुछ भैरहेको प्रनाउ भारतीले बताए । घटनास्थलको प्रकृति बाटोमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...