म्याग्दीमा बन्दको प्रभाव

Gandaki Pardesh notice

बेनी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत ४ वटा दलले मंगलबार आह्वान गरेको बन्दका कारण म्याग्दीमा शैक्षिक र यातायात क्षेत्र प्रभावित बन्यो ।

म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु दिनभर बन्द भए । काम विशेषले गन्तब्यमा पुग्नुपर्नेहरु पैदलयात्रा गर्न बाध्य भए ।

सामुदायिक तथा निजी विद्यालय र क्याम्पसमा पठनपाठन हुन सकेन् । साँझ ५ बजेपछि भने बन्द खुलेको छ । सरकारी कार्यालयहरु खुलेपनि सेवाग्राहीको उपस्थिति न्युन थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी बजारभित्र निजी सवारी साधन भने छिटपुट रुपमा चलेका थिए । पसलहरु आंशिकरुपमा खुलेका थिए । एमसीसी सम्झौता खारेज, नागरिकता विधेयक फिर्तालगायतका माग राखेर विप्लव नेतृत्वको नेकपा लगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका हुन् ।

बन्द गराउन हिडेका नेकपाका नेता पदम पुन (फिल्टर) र अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सदस्य गोमा पुनलाई प्रहरीले कालीपुलबाट पक्राउ गरेको थियो । दुवै जनालाई प्रहरीले साँझ रिहाइ गरेको छ ।

नेकपाका कार्यकर्ताहरुले कालीपुलमा टायर बालेका थिए । बन्दको प्रचार गर्न सोमबार साँझ बेनीको घतानचोकमा नेकपाका कार्यकर्ताले निकालेको राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...