दोबामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ ।

वडा भेला मार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडा सचिव मनकुमार गर्बुजाले आइतबार वडा भेला गरेर मूल्य र ज्याला निर्धारण गरिएको जानकारी दिनुभयो ।

बालीको मूल्य र कामदारको ज्यालामा एकरुपता कायम गर्न भेला मार्फत निर्धारण गरिएको हो । हरेक वर्ष गाउँका अगुवाहरुको भेला गरेर मूल्य र ज्याला निर्धारण गर्ने गरिएको छ । कोदोरु. २५०, मकै रु. १७०, फापररु. ३००, सिमी तथा अन्य गेडागुडी रु. ७००, भट्मास रु. ६००, आलु रु. १८० प्रतिपाथीका दरले मूल्य निर्धारण गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दूध, दही, मोही, भैसी र गाइको घ्यु, घर, भिर मह, रक्सी र जाँडको पनि मूल्य तोकिएको छ । यसैगरी वाउसे, दाउरा काट्ने र बोक्नेलाई रु. ७००, डकर्मी रु. ७५०, सिकर्मी रु. ९००, गोरु हली सहित सबै रु. एक हजार ५००, पलास्टर तथा ढलान रु. ८०० प्रतिव्यक्ति, प्रतिदिन खाजा सहितको ज्याला कायम गरिएको छ ।

यसैगरी भमेसिन मार्फत दाउरा र घाँस काट्ने रु. ७००, मिनी टेलर मार्फत खेत जोत्ने रु. ७५० प्रतिघण्टा, मेसिन मार्फत काठ काटेको रु. १८, जंगे आरा मार्फत ६ फुटसम्म काठ काटेको रु. २१ र ६ फुटभन्दा बढी काठ काटेको प्रतिइन्च रु. २४ मूल्य तोकिएको वडा कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...