बेनी–जोमसोम सडकको दाना खण्ड अवरुद्ध

Gandaki Pardesh notice

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतरबार राती खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको बताउनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुलाई समस्या भएको छ ।

७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात सेवा बन्द भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएको छ ।

वर्षातका कारण दानाको ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्याधिक बर्षा भएको प्रअ नेपालीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...