म्याग्दीमा जेसिजको सम्मेलन हुने

Gandaki Pardesh notice

बेनी,। नेपाल जेसीजको आगामी बर्षको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने भएको छ ।
भदौ ३ र ४ गोरखा जेसीजको आतित्यथामा सम्पन्न क्षेत्र ख सम्मेलनमा आगामी बर्षको सम्मेलनका लागि स्थान छनौटका लागि निर्धारित समयमा म्याग्दी जेसीजको मात्रै प्रस्ताब पेश भएपछि म्याग्दी जेसीजले सर्वसम्मत रुपमा आगामी बर्षको क्षेत्रीय सम्मेलनको आतिथ्यता गर्ने पक्का भएको हो ।

सम्मेलनमा म्याग्दी जेसीजको तर्फबाट शाखा अध्यक्ष सन्दिप खत्रीले नेपाल जेसीजका लागि उक्त प्रस्ताब पेश गर्नुभएको थियो भने संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले सम्मेलनको प्रस्तावित कार्यक्रम विवरण पेश गर्नुभएको थियो । निर्धारित मितिमा म्याग्दी जेसीजको मात्रै प्रस्ताब परेको र नेपाल जेसीजले स्विकृत गरेसंगै म्याग्दीमा आगामी बर्ष क्षेत्र ‘ख’ सम्मेलन हुने निश्चित भएको म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

आगामी बर्षको जेठ १५ र १६ गते म्याग्दी सदरमुकाम बेनीमा क्षेत्र ख सम्मेलन गर्ने मिति प्रस्ताब गरिएको छ । उक्त सम्मेलनमा जेसीजका पूर्व अध्यक्षहरु तथा वर्तमान समितिका पदाधिकारी एवम सदस्यहरु समेतको सहभागीता रहेको थियो । म्याग्दी जेसीजले सन २००७ मा समेत नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको आतिथ्यता आयोजना गरेको थियो ।

Shreekrishna hardwear in news

गोरखा सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री सक्रिय शाखा अध्यक्ष पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । अन्तरसदस्य बक्तृत्वकला प्रतियोगितामा शाखा सम्पादक दिनेशकुमार विश्वकर्मा प्रथम हुन सफल हुनुभएको छ । क्षेत्र ‘ख’मा देशका विभिन्न स्थानका ३९ वटा शाखाहरु आबद्ध रहेका छन् ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै सामाजिक कार्यहरुमा सक्रिय जेसीजको क्षेत्र ख सम्मेलन म्याग्दीमा हुने र त्यसले यहाँको धार्मिक तथा पर्यटन प्रवद्र्धन संगै स्थानीय उत्पादनको प्रचार प्रसार मार्फत यहाँको सामाजिक आर्थिक विकासमा सघाउ पु¥याउने म्याग्दी जेसीजको अपेक्षा रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...