बेनपा २ का वडा सदस्य कृष्ण कार्की अब सम्झनामा मात्र

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ ।

कमलपित्त (जण्डीस) रोगबाट बिरामी हुनुभएका ५१ वर्षीय कार्कीको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो । नेकपा माओवादी केन्द्रको बेनी नगरपालिका २ को वडा कमिटि अध्यक्ष, जिल्ला सदस्य रहेका कार्की गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Bhautik ministry notice about road

राजनीतिका अलवा कार्कीले ज्यामरुककोटका विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक, विकास निर्माण, शैक्षिक क्षेत्रका विकासमा योगदान गर्नुभएको थियो । कार्कीको शुक्रबार साँझ बेनपा–२ खबरा स्थित कालीगण्डकी घाटमा धार्मिक बिधि अनुसार अन्त्यष्टि गरिएको छ ।
बेनी नगरपालिकाले वडा सदस्य कार्कीको निधनमा आइतबार नगरपालिका र वडा कार्यालयमा शोक विदा दिने निर्णय गरेको छ । नगर प्रमुख केसीले शोक वक्तब्य निकालेर वडा सदस्य कार्कीको निधनले नगरपालिकालाई अपुरणीय क्षति पुगेको जनाउनुभएको छ ।

Shreekrishna hardwear in news

नगरपालिका साथै उहाँ आवद्ध नेकपा माओवादी केन्द्र र अन्य राजनीतिक दलका नेताहरुले समेत कार्कीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...