शिक्षकलाई कम्प्युटर मर्मत तालिम

Gandaki Ghumau

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका शिक्षकहरुलाई आधारभूत कम्युटर हार्डवयर तालिम प्रदान गरिएको छ ।

गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका संगको समन्वय र संगम म्याग्दिको आयोजनामा एकीकृत सामुदायिक विकास परियोजना मार्फत धवलागिरी गाउँपालिकामा रहेका मा.वि. का कम्प्युटर शिक्षकहरुलाई बेनीमा पाँच दिनसम्म तालिम सञ्चालन भएको थियो ।

विद्यालयमा धेरै कम्प्युटरहरु सामान्य मर्मत सम्भार गरे चलाउन योग्य भएता पनि त्यतिकै थन्किएकोले विद्यायालयकै शिक्षकलाई आधारभुत कम्प्युटर मर्मत सम्बन्धी तालिम प्रदान गरि उक्त कम्प्युटर संचालनमा ल्याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको संगमका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढाले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

तालिममा १० जना शिक्षकहरुको सहभागिता थियो । तालिममा सहभागी शिक्षकहरुले सिकेको सिप प्रयोग गरेर विद्यालयमा सामान्यरुपमा बिगिएका कम्प्युटर मर्मत गर्न सक्ने ज्ञान हाँसिल भएको बताउनुभएको थियो ।

साथै बिग्रिएका कम्प्युटर बोकेर बेनि झर्नु नपर्ने, सके आफैले मर्मत गर्ने नसकेको खण्डमा कम्प्युटरको जुन भाग बिग्रिएको हो, त्यही भाग मात्र बोकेर बेनि झर्दा हुने भएको बताउनुभयो । यो तालिम एकदमै फलदायी भएको शिक्षकहरुले बताउनुभयो ।

तालिममा सहभागीले सि.पि.यु. का सम्पुर्ण भागलाई एकएक गरि निकालेर फेरि जोड्ने गरेका थिए । त्यसैले पनि सहभागीमा उर्जा थप्ने काम गरेको थियो । तालिमको समापन समारोहमा संगम म्याग्दी कार्यकारी निर्देशक दिपक पौडेलले यहाँ सिकेको सिपलाई भरपुर प्रयोग गरि आफ्ना विद्यार्थीहरुलाई कम्प्युटर र कम्प्युटर मार्फत शिक्षण गर्न अनुरोध गर्नु भएको थियो ।

तालिमको सहजिकरण बामदेब रिजालले गर्नु भएको थियो । रिजालले समापन समारोहमा बोल्दै आ.ई.सि.टि. सम्बन्धी कक्षा चलाउनु परे र विद्यालयले अनुरोध गरेमा आफुले सहयोग गर्ने बताउनुभयो । साउन २९ देखि भदौ २ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...