करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई सहयोग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धारापानीमा गत साउन २३ गते विद्युतिय दुर्घटनामा परि मृत्यु भएकी सिता के.सी का परिवार र बाख्रा फार्ममा क्षति भएका प्रताप आचार्यलाई बिहिबार आर्थिक सहयोग गरिएको छ ।

जलजला गाउँपालिकाले मृतक केसीका पति सूर्य बहादुर के.सीलाई ७५ हजार र बाख्रा फार्मका सञ्चालक आचार्यलाइ ४० हजार नगद सहयोग गरेको हो । गाउँपालिकाको विपत व्यवस्थापन समितिको निर्णय अनुसार उक्त रकम सहयोग भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

संबिधानसभा सदस्य अर्जुनप्रसाद जोसी, जिल्ला समन्वय समिति पर्वतको उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, गण्डकी प्रदेशसभाका सभामुख नेत्र अधिकारीका स्वकीय सचिव लोकराज आचार्य लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

Shreekrishna

उच्च गतिको विद्युत प्रवाह हुँदा धारापानीमा एक जनाको मृत्य, १३ जना घाइते, एक वटा बाख्रा फार्ममा १६ वटा बाख्रा मरेका थिए । १०० भन्दा बढी घरमा विद्युतको मिटरबक्स र वायरीङ जलेको थियो । अहिलेसम्म विद्युत आपुर्ति सूचारु हुन सकेको छैनन् । क्षति पुगेका मिटरबक्स, वायरिङ मर्मत गरि विद्युत आपुर्ति सूचारु गराउन पहल गरिएको जनप्रतिनिधीले बताएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...