धवलागिरीमा मेलाजात्रालाई व्यवस्थित बनाउन पहल

Add Samajik bikash office

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा मेलाजात्रालाई व्यवस्थित बनाउन बिहिबार सरोकारवालाहरुबीच छलफल भएको छ ।

गाउँपालिकाका जनप्रतिनिधी र युवा क्लवका पदाधीकारीहरुबीच विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने मेलाजात्रालाई व्यवस्थित बनाउने विषयमा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालयले वि.स. २०७६ मा तयार पारेको मेला महोत्सव सञ्चालन सम्बन्धी कार्यबिधी अनुसार गाउँपालिकामा आयोजना हुने मेला पर्वहरुलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन छलफलको आयोजना गरिएको हो ।

गाउँपालिकाले एक वटा वडामा वर्षमा एक वटा मात्र मेला सञ्चालन गर्ने, विद्यालय क्षेत्रमा मेला आयोजना नगर्ने, जुवाजन्य खेल नखेलाउने, मदिरालाई निरुत्साहित गर्ने, सांस्कृतिक कार्यक्रमलाई मौलिक र मर्यादित बनाउने, रातको समयमा कार्यक्रम सञ्चालन नगर्ने, ५ दिनभन्दा बढी समय मेला सञ्चालन नगर्ने, स्थानीय उत्पादन, कला संस्कृतिको प्रर्वद्धन गर्ने, अनुमति लिएर मात्र मेला सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले मेलालाई खेलकुद र संस्कृति, स्थानीय उत्पादनको प्रर्वद्धन, मौलिकताको संरक्षण गर्दैै विकृति रहित तथा सुरक्षित बनाउन आवश्यक देखिएको र यसमा आयोजकहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्षहरु झक छन्त्याल, देवेन्द्र रोका, राजाराम शर्मा र अशोक खत्रीले क्लवका गतिबिधी मेलाजात्रा आयोजना गर्नेमा मात्र सिमित नरही सामाजिक रुपान्तरणका काममा पनि अग्रसर बन्न र त्यसमा गाउँपालिकाले सघाउने बताउनुभयो ।

विपद् व्यवस्थापन, सरसफाई, विकास निर्माण र विकृति न्युनीकरणमा केही क्लवहरुले गरेका कामको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने जनप्रतिनिधीहरुले बताउनुभयो । सो कार्यक्रममा गाउँपालिकाले दर्ता भएका क्लवहरुलाई खेलकुदका सामग्री उपलब्ध गराउने र गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न बजेट बिनियोजन समेत भएको जानकारी गराइएको थियो ।

छलफलमा सहभागी डाँफे युवा क्लवका अध्यक्ष पूर्ण गर्बुजा, प्रगति युवा क्लवका अध्यक्ष चक्र पुन, सिर्जनशिल हिमाली युवा क्लवका आश्विन खत्रीले कल्वहरुको लागि प्रतियोगितामा भाग लिदाँ नाम दर्ता गराउने शूल्क देखि खेल सामग्री र खेलमैदानको अभाव भएको, विभिन्न सामाजिक गतिबिधिमा गाउँपालिकाले सघाउनुपर्ने बताउनुभयो । छलफलमा प्राप्त सुझाव अनुसार मेला सञ्चालन सम्बन्धी कार्यबिधी बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...