प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा राप्रपाका उमेद्वार सिफारिस

Gandaki Pardesh notice

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उमेद्वार सिफारिस गरेको छ ।

राप्रपाको बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधीसभाको एक र प्रदेशसभाको दुई वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उमेद्वार सिफारिस गरेको हो ।

राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road
रामबहादुर शाही

रघुगंगा गाउँपालिका–६ पाखापानीमा जन्मिएका करातेका चर्चित खेलाडी गौचन शाहीकालमा राज्यमन्त्री बन्नुभएको थियो । रघुगंगा ३ का शाही राप्रपाका पुराना नेता हुनुहुन्छ ।

धवलागिरी–७ धारापानीका थापा गत स्थानीय तह चुनावको मनोनयनका दिन एमालेबाट राप्रपा प्रवेश गरेर गाउँपालिका अध्यक्षको उमेद्वार बन्नुभएको थियो । उमेद्वार सिफारिससँगै कार्यकर्ता प्रशिक्षण, भेटघाट थालिएको अध्यक्ष थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...