जलजलामा एम्बुलेन्स सेवा शुरु

Add Samajik bikash office

बेनी । पर्वतको जलजला गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङको स्वास्थ्य चौकीले प्रवासीहरुबाट सहयोग जुटाएर एम्बुलेन्स खरिद गरि सञ्चालन गरेको हो ।

नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसीले पालिका भरका बासिन्दाहरुलाई सेवा दिने गरि एम्बुलेन्स सञ्चालन गरिने बताउनुभयो । कोरोना महामारीका समयमा बिरामीलाई अस्पताल पु¥याउन समस्या भएपछि वडा अध्यक्ष जिसीले प्रवासीहरुलाई सहयोगको अपिल गर्नुभएको थियो ।

‘नाग्लीवाङबाट प्रवासमा रहेकाहरूलाई कोभिड विरुद्ध सघाउन गरेको अनुरोधमा झन्डै २० लाख रुपैयाँ सहयोग आएको थियो,” उहाँले भन्नुभयो “रु. ११ लाख पचास हजारमा एम्बुलेन्स र रु. सात लाखमा सात वटा अक्सिजन कम्प्रेसर मेसिन किनेका थियौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रवासी नाग्लीवाङवासीहरु आवद्ध संस्थाले पठाएको एम्बुलेन्स र कम्प्रेसर मेसिन किनेर बचेको पैसा कोरोना महामारीका समयमा राहत र खाद्यान्न वितरणमा खर्च गरिएको थियो ।
नाग्लीवाङ स्वास्थ्य चौकीमा मात्रै सीमित गरेर राख्दा सधैँ बिरामीहरू नपर्ने र सञ्चालनमा नै समस्या हुन सक्ने भएपछि गाउँपालिकामा भित्रिएको पहिलो एम्बुलेन्सलाई गाउँपालिकाभरि सेवा दिने गरी सञ्चालनमा ल्याइएको हो ।

नाग्लीवाङबाट बाहिर गएकाहरूले मात्रै सहयोग गरेकाले नाग्लीवाङमा मात्र सेवा दिने गरी राखिएको एम्बुलेन्स सधैँ प्रयोगमा नआउँदा सवारीमा समस्या आउन सक्ने तथा अन्य वडाका बासिन्दाले सुविधा नपाउने अवस्था रहने भएकाले वडामा सीमित रहेको एम्बुलेन्सलाई पालिकाभर सेवा दिने बनाइएको हो ।

एम्बुलेन्स सञ्चालनको लागि कार्यपालिकाका प्रवत्ता समेत रहेका जिसिको संयोजकत्वमा समिति बनाइएको छ । उक्त समितिमार्फत गाउँपालिकाले नै आय र व्ययको हिसाब राख्नुको साथै चालकका लागि तलबको पनि व्यवस्थापन गर्ने छ । जलजलामा व्यस्त नभएका वेला जिल्लाकै अन्य स्थानीय तह सहित जलजलासँग सिमाना जोडिएका म्याग्दी र बागलुङ जिल्लामा पनि पुगेर पनि एम्बुलेन्सले सेवा दिनेछ ।

मिलन चोक वा कुश्मा बेनी सडक खण्डमा एम्बुलेन्स रहने भएकाले आवश्यक परेको जुनसुकै वेला पनि सेवा दिन सकिने प्रवक्ता जी.सी.ले बताउनुभयो । पर्वत सदरमुकाम कुश्मादेखि म्याग्दी सदरमुकाम बेनीसम्मको झन्डै १७–१८ किलोमिटर लामो सडकमा वेला वेला सानादेखि ठूला सवारी पनि दुर्घटनामा पर्ने गरेका छन् । साँघुरो बाटो र अचानक आउने मोड लगायतका कारण हुने दुर्घटनापछि उद्धार गर्न सार्वजनिक सवारीको भर पर्नुपर्ने बाध्यता थियो । उक्त एम्बुलेन्स हाई वे सडकमा तयारी अवस्थामा रहने भएका कारण कुश्मा–बेनी सडक खण्डमा दुर्घटना भइहालेमा घाइतेहरूको उद्धार गरी छिटो अस्पताल लैजान सहज हुने बताइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...