गाउपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

Add Samajik bikash office

दरवाङ, । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ ।

दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्ड हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

दरवाङ शाखाका प्रमुख सुरज बरालको सञ्चालन र बेनी शाखाका प्रमुख कमल प्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा जिसस सदस्य गौमति चापागाई, मालिका–६ का वडा अध्यक्ष पथबहादुर रोका, पुर्व वडा अध्यक्ष सन्तोष सुवेदी लगायतको उपस्थिति थियो ।

Shreekrishna hardwear in news

म्याग्दीको बेनी, पोखरेबगर, बाबियाचौर, दरवाङ लगायत देशभर १२० वटा शाखा भएको गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...