राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा आर्चरीका खेलाडी छनौट

Add Samajik bikash office

बेनी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न थालिएको छ ।

भदौ १२ गतेसम्म जिल्ला स्तरका खेलाडी छनौट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिका अनुसार म्याग्दीमा छनौट थालिएको हो । म्याग्दीमा इच्छुक खेलाडीहरुको नाम दर्ता गरेर छनौट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

१६ वटा खेलमा प्रदेश स्तरीय छनौटमा सहभागि गराउने योजना अनुसार मंगलबार आर्चरी खेलका सात जना खेलाडी छनौट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । प्रदेश स्तरीय प्रतियोगितामा बिजयी सुजन पुन, राजु पुन र उमेश तिलिजा यसअघिनै छनौट भइसक्नुभएको छ ।

Shreekrishna hardwear in news

प्रदिप पुर्जा, नगेन्द्र आचार्य, दिकपाल तिलिजा र अमृस पुन मंगलबार छनौट हुनुभएको जिल्ला आर्चरी संघ म्याग्दीका अध्यक्ष डम पुनले बताउनुभयो । सम्बन्धीत खेलकुद संघसँग समन्वय गरेर खेलाडी छनौट गरिएको खेलकुद विकास समितिले जनाएको छ ।

Bhautik ministry notice about road

छनौट खेलको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । उहाँले म्याग्दीमा महिला भलिबल र तेक्वान्दो खेलाउन प्रस्ताव गरिएको र त्यसको ब्यवस्थापनका लागि नगरपालिकाले बजेट बिनियोजन गर्ने बताउनुभयो ।

जिल्लाबाट छनौट भएका खेलाडीलाई प्रदेश स्तरीय प्रतिस्पर्धामा सहभागी गराई राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यबिधी छ । म्याग्दीमा अन्य खेलका भदौ ३ गतेसम्म नाम दर्ता र १० गतेसम्म छनौट गर्ने अध्यक्ष केसीले बताउनुभयो । इच्छुक खेलाडीहरुलाई समितिको सम्पर्कमा आउन र नाम दर्ता गराउन केसीले आग्रह गर्नुभयो । आर्चरी म्याग्दीले पदकको आशा गरेको खेल हो ।

राष्ट्रिय खेलकुद परिषद्ले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय काम शुरु गरेको छ । देशभरबाट खेलाडी छनौट सँगै गण्डकीको राजधानी पोखरा बाहेकका सहरमा पनि प्रतियोगिताको खेल खेलाउन लागिएको राखेपका सदस्य राजेश गुरुङले बताउनुभयो ।

२०७७ मा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक असोज–कात्तिक महिनामा सारिएको थियो । पोखरा रंगशालालाई मुख्य खेलस्थल मानेर पोखरा नजिकका गण्डकीका अन्य सहरमा पनि खेल सञ्चालन गर्ने तयारी राखेपले गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...