सवारी चालक र यात्रुलाई ट्राफिक शिक्षा

Add Samajik bikash office

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चालक र यात्रुलाई सडकमै ट्राफिक शिक्षा दिन थालेको छ ।

ट्राफिक नियम पालना गराई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सडकमै ट्राफिक कक्षा सञ्चालन गरिएको हो । बेनी जोमसोम सडक अन्तरगत सोमबार बेनी नगरपालिका ८ र ६ को सिमानामा पर्ने रातोपहिरोमा सवारी चालक र यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

सवारी चालक अनुमति पत्र बनाएर मात्र सवारी चलाउन, लाइसेन्स र बिलबुल समयमै नविकरण गर्न, क्षमता भन्दा बढी र प्रयोजन विपरित यातायातका साधन प्रयोग नगर्न सुझाइएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनहरुको चेकजाँचलाई पनि निरन्तरता दिएको छ । बढी भाडा असुलेको, प्रयोजन विपरित निजी सवारी साधनले भाडामा यात्रु बोकेको र क्षमता भन्दा बढी यात्रु तथा सामान ओसार पसार गरेको गुनासो बढेपछि चेकजाँचलाई तिब्रता दिएको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

“जरिवाना तिराएर राजश्व संकलन गर्ने भन्दा पनि ट्राफिक नियम पालना गराउन हाम्रो जोड छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले भन्नुभयो “ट्राफिक नियमको पालना र सवारी दुर्घटना न्युनीकरण गर्ने हाम्रो उद्देश्य हो ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...