पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरियाखर्च

Add Samajik bikash office

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।

साउन १७ गते पहिरोमा पुरिएर मालिका–२ गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्च वापत रु. एक लाख २५ हजार उपलब्ध गराएको हो ।
वडा कार्यालयले आयोजना गरेको शोकसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष उदयबहादुर बुढाथोकी लगायतले रकम हस्तान्तरण गर्नुभएको थियो । पहिरोमा घामबहादुर, उनकी श्रीमति राममाया, छोरी रोजी, छोरा राजन र नविनको मृत्यु भएको थियो ।
पहिरोले हुत्ताएर घाइते भएका गोठे र उनकी श्रीमति गोरी बिक पोखरामा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पहिरोका कारण मालिकाको २ नम्बर वडामा ११ घरपरिवार विस्थापित भएका वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । दिवंगतको सम्झनामा आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक विदा दिइएको थियो ।

Bhautik ministry notice about road

गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त, मालिका ४ का वडा अध्यक्ष भिजेन्द्रमान पुन, प्राबिधिक बिमलमान राई, विकास गुरुङ, स्वकीय सचिव बिनोद बुढाथोकीको टोलीले चिउरीबोट, ओखरबोट लगायत पहिरोले क्षति पु¥याएको र जोखिम बनाएको ठाउँको अनुगमन गर्नुभएको छ । वडा नम्बर ४ मा ६ घर पहिरोबाट विस्थापित भएका छन् ।

Shreekrishna hardwear in news
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...