राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

Gandaki Pardesh notice

बेनी । म्याग्दीको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु. दुई करोड ३४ लाख लागत अनुमान सहितको डिपिआर तयार भएको जानकारी दिनुभयो ।

“भू–गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन गरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्दैछौ,” उहाँले भन्नुभयो “आकस्मिक भू–तथा पहिरो नियन्त्रण कार्यक्रम मार्फत राहुघाटको पहिरो रोकथाम गर्ने योजना छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नाली बनाएर भल ब्यवस्थापन गर्ने, गल्छीको संरक्षण र वृक्षारोपण गरेर बायो इन्जिनियरीङ गरिने मिश्रले बताउनुभयो । राहुघाट सल्लेरी वनको पाखोबाट खस्ने पहिरोका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ति जोखिममा परेको स्थानीय लक्ष्मण चालिसेले बताउनुभयो ।

यो पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सवारी आवत जावत प्रभावित भएको छ । गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना निर्माणका क्रममा तीन वर्षअघि सडक विस्तार गरिएपछि करिब ६० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पाखो बग्न थालेको थियो ।

कमजोर भू–धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिनु, मुलको पानी तथा भलबाढी व्यवस्थापन भएको र नजिकै राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्न बिस्फोटक पदार्थ पड्काउदा हुने कम्पनले पहिरो चलेको हो ।

एक वटा घर पहिरोले भत्किएको छ । बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दाहरु गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन् । पहिरो चलेपछि गलेश्वर–पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल–पिप्ले बैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...