राम गौचनको स्मृतिमा कालिबराको मुर्ति प्राण प्रतिष्ठा

Add Samajik bikash office

बेनी, । राम बिमला फाउण्डेसनले मुस्ताङ्गको थासाङ्ग गाउँपालिका–३ कालापानी मा स्व राम गौचनको १५ औ स्मृति दिवस पारेर कालिबराह थान मा कालिबराह को मुर्ति प्राण प्रतिस्ठा, थासाङ्ग गापाका जनप्रतिनिधी लाइ सम्मान एबम बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

बेनीको न्यु धौलागिरि सहकारी, निर्माण ब्यबसायी संघ, थकाली सेवा समितिको संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस जिल्ला सदस्य, म्याग्दी बहुमुखि क्याम्पसको कोषाध्यक्ष समेत सम्हाल्नु भएका गौचन सालिन मृदुभाषी र समजसेवी को नाम बाट प्रख्यात हुनुहुन्थो । बेनीका होटल ब्यवसायी समेत रहेका गौचनको २०७४ साउन २८ गते स्वर्गारोहण भएको थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा थासाङ्ग गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्ष, सदस्य, पत्रकार शुसिल थकाली र प्राबिधिक श्याम मिजारलाई सम्मान गरिएको थियो । स्व गौचन को जन्मगाउ कालापनि मुस्ताङ्ग मा उहाले कालिबराह मा गर्न खोजेको अधुरा काम उहाकी धर्मपत्नि तथा फाउन्डेसनकी अध्यक्ष बिमला गौचनले त्यहा स्तरोन्नति गर्न लागिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा थासाङ गाउपालिका अध्यक्ष प्रदिप गौचनले पालिकाबाट हुने सहयोग कहि कतै कमि नहुने र फाउण्डेसन सङ्ग मिलेर काम गर्ने प्रतिबद्दता जनाउनुभयो । सस्थाकी अध्यक्ष बिमला गौच ले आगामि दिनमा पनि यसरि सह्योग मिले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रम मा प्रमुख अतिथि नारायण दल गण प्रमुख सेनानि इन्द्र गुरुङ्ग रहनुभएको थियो । कृष्ण शेरचनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य भरतबहादुर रकालले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...