नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल बेनीमा पनि खेलाउन प्रस्ताव

Add Samajik bikash office

बेनी । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाएको छ ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय काम शुरु गरेको राखेपले जनाएको छ ।

खेल पुर्बाधार, प्रशिक्षक, रेफ्रि लगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययनमा जुटेको परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो । देशभरबाट खेलाडी छनौट सँगै गण्डकीको राजधानी पोखरा बाहेकका सहरमा पनि प्रतियोगिताको खेल खेलाउन लागिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

राखेप सदस्य गुरुङ नेतृत्वले सहितको टोलीले शनिबार म्याग्दी, बागलुङ र पर्वतका खेलमैदान र कबर्डहलहरुको निरिक्षण, जिल्ला खेलकुद बिकास समिति, जनप्रतिनिधी र खेल संघका पदाधीकारीहरुसँग छलफल गरेको छ ।

Bhautik ministry notice about road

कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि अध्ययनमा जुटेको राखेप सदस्य गुरुङले बताउनुभयो । वाइट टोलीले बेनीको खुल्लामञ्च र कालीपुलको कवर्डहहलको निरिक्षण गरेको छ ।

२०७७ मा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक असोज–कात्तिक महिनामा सारिएको थियो । पोखरा रंगशालालाई मुख्य खेलस्थल मानेर पोखरा नजिकका गण्डकीका अन्य सहरमा पनि खेल सञ्चालन गर्ने तयारी राखेपले गरेको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा भलिबल र तेक्वान्दो खेलको प्रतियोगिता सञ्चालन गर्न टोली मार्फत राखेपलाई प्रस्ताव गर्नुभएको छ । “राष्ट्रिय टिमका क्याप्टेन लगायत राष्ट्रिय खेलाडीहरु यही जिल्लाका भएका, पूर्वाधार र आवास व्यवस्थापन गर्न सकिने भएकाले बेनीमा महिला भलिबल र तेक्वान्दो सञ्चालन गर्न प्रस्ताव गरेका हौ,” उहाँले भन्नुभयो “राखेपले म्याग्दीलाई छनौट ग¥यो भने हामी प्रतियोगितालाई सफल बनाउन सक्छौ ।”

भलिबल सञ्चालन गर्न सकिने बेनीको खुल्लामञ्चलाई चालु आर्थिक वर्षमा रु. पचास लाख र तेक्वान्दो सञ्चालन हुने कवर्डहललाई रु. तीन लाख बिनियोजन गरेको नगरप्रमुख केसीले बताउनुभयो । बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले खेलाडी, पाहुना र सरसफाईको कमी हुन नदिने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर म्याग्दीले पाएमा सफल बनाउने बताउनुभयो । उहाँले म्याग्दीमा भदौ ३ गतेसम्म नामदर्ता, ४ देखि ८ गतेसम्म छनौट खेल सञ्चालन गरी १२ गतेदेखि पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय छनौट खेलमा पठाउन लागिएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...