बेनीमा गाइजात्रा मनाइयो (फोटो फिचर)

Gandaki Ghumau

बेनी । बेनीमा शुक्रबार गाइजात्रा पर्व मनाइएको छ । भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा र जनैपुर्णिमा ९ वर्षपछि यसपाली एकै दिन परेको थियो ।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मृतक आफन्तका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन शुरु गरेका हुन’ भनिँदै आएको छ ।

गाईजात्रा पर्वको दिन दिवंगत आत्माहरुको सम्झनामा पाए गाईनै र नपाए मानिसलाई गाईको रुपमा सिंगारपटार गरेर शहर परीक्रमा गराएर मनाईन्छ । नेपाल भाषा मंका खल र ल्याम पुचले म्याग्दीमा पछिल्लो एक वर्षयता दिवंगत भएका नेवार समुदायका सदस्यको घरमा पुगेर तायमचा र नागानागिनी नाच प्रस्तुत गरेका थिए ।

Shreekrishna
Gunasthariya Shiksya

आफ्ना मृतक आफन्तजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गर्दछन् । घण्टाकर्ण चतुर्थीदेखि शुरु भएको बर्खेनाच अन्तरगत बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वसम्म विभिन्न नाचहरु देखाउने गरिन्छ । परम्परागत समाजमा दुख दिएको राक्षशको अन्त्य गरेपछि पतिविगोगमा राक्षसकी पत्निले देखाउने चरित्रलाई बर्खे नाचमा देखाउने गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...