दुखुखोलाको सडक पुल मर्मत

Sinchai Khanipani notice

म्याग्दी, । म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ ।

मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवत जावत बन्द गरिएको थियो ।

मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“एक हप्ता लगाएर पुल मर्मत गरेपछि सवारी साधन सञ्चालन हुन थालेको छ,” उहाँले भन्नुभयो “पुल मर्मत भएपछि २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा सिधा यातायात सञ्चालन भएको छ ।”

Bhautik ministry notice about road

२५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले ३७ थान र मालिका गाउँपाकिलाले २५ थान ग्यावीन जाली भरेका छन् । गाउँपालिकाले मजदुर परिचालन गरेर ६२ थान ग्यावीयनमा ढुंगा भरेर सडक मर्मत गरेको हो ।

पुलको मालिकातर्फको पिल्लर भन्दा गहिरो गरेर खोला बग्नुका साथै पहुँचमार्ग साँघुरिएर सवारी साधन आवत जावत बन्द भएको थियो । पुल मर्मत र सञ्चालन भएपछि स्थानीयवासीलाई आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ ।

वडा अध्यक्ष रोकाले दरवाङ देखि बिम र दिच्याम जोड्ने सडक पनि मर्मत शुरु भएको जानकारी दिनुभयो । बेनी–दरवाङ मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले वि.स. २०७६ मा दुखुखोलामा रु. दुई करोड २५ लाख ६० हजार ८२३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलको बारेमा मन्त्रालयबाट आएको विज्ञ टोलीले अध्ययन गरेको बताउनुभयो ।

तत्कालीन जिल्ला विकास समिति अन्तरगतको ड्रिलिप मार्फत वि.स. २०६७ देखि शुरु भएको दुखुखोलाको पुल निर्माण कार्य दश वर्षमा सकिएको थियो । पुलतल दुखुखोलाको बाढीले मंगला गाउँपालिका २ सहश्रधाराको बस्तितर्फ कटान गर्न थालेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...