डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण प्रक्रीया शुरु

Gandaki Pardesh notice

बेनी,। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रीया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीहरुलाई मुआब्जा दावी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो ।

“७७ मध्य २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रीया थालिएको छ,” उहाँले भन्नुभयो “थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि शुरु भएको छ ।”

Shreekrishna hardwear in news

१२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सबस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धी मान्ने गरिन्छ ।

Bhautik ministry notice about road

डाडाखेत र राहुघाटमा सबस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रीया थालिएको आयोजना प्रमुख अग्रवालले बताउनुभयो । उहाँका अनुसार डाडाखेतको सवस्टेशन निर्माण स्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ ।

राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पुर्बाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भैरहेको छ । सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ । आयोजनाको ठेक्का अवधी ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।

डाडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रबिधीको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।

एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । संसारको सातौ अग्लो धवलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पुर्बाधार निर्माण शुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।

सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धकहरु सक्रिय भएका छन् । गैरआवासीय नेपालीहरुको अगुवाईमा धौलागिरी कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलबिद्युत आयोजनाको सुुरुङ निर्माण थालेको छ । धवलागिरी गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ ।

धवलागिरी गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको संरचना तयारी शुरु गर्ने तयारी गरेको छ । अप्पर हाइड्रोपावर प्रा.ली काठमाडौलले धवलागिरी र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण स्थलमा सडक र बिद्युत सुबिधा पु¥याउने काम भैरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...