म्याग्दीका तालतलैयामा जनैपुर्णिमा मेला

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका तालतलैयाहरुमा जनै पूर्णिमा पर्वको अवसरमा पुजाआजा गर्ने भक्तजनहरुको शुक्रबार बिहानैदेखि भिड लागेको छ ।

मानव वस्ती देखि टाढा रहेका धार्मिक स्थलहरुमा मेला भर्न दुई सम्मको पैदलयात्रा गरेर भक्तजन पुगेका हुन् । दुई वर्षपछि धार्मिक मेला लागेको हो ।

मौसम पनि सफा भएकाले भक्तजनहरुको घुईचो लागेको पुजा व्यवस्थापन समितिहरुले जनाएका छन् । पुजाआजाका लागि रातीदेखिनै भक्तजनहरु लाइन बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको पाउद्धारको खयरभारानी, राम्चेको नागीबाराही, कालीबाराही, हिस्तानको प्यारीबाराही, शिखको कान्छिबाराही, दानाको मोतिचौर बराह र भुरुङ्गको बराह गुफामा जनै पूर्णिमा मेला लागेको हो ।

Shreekrishna hardwear in news

यसैगरी रघुगंगा गाउँपालिकाको रिखार, भगवतिको नौलीबराह, जलजला गाउँपालिकाको पूर्णगाउँ, बागलुङ, म्याग्दी र रुकुममा फैलिएको उत्तरगंगामा जनैपूर्णिमा मेला लागेको छ । खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले म्याग्दीका विभिन्न ठाउँका साथै पोखरा, चितवन, काठमाडौ लगायत सहरबाट पनि भक्तजनहरु आएका बताउनुभयो ।

Bhautik ministry notice about road

समुन्द्रि सतहदेखि चार हजार ६६० मिटर उचाईमा रहेको खयरभारानी पुग्न अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पाउद्धार, खोपारा हुदै दुई दिन पैदलयात्रा गर्नुपर्छ । परापुर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किम्बदन्तीका आधारमा यस स्थानमा स्थानीयबासीले दर्शन र मनोकामना पुरा हुने आशाका साथ भाकल गर्ने चलन छ ।

त्यहाँ पुगेका भक्तजनहरुले आफ्नो चाहना तलाउमा रहेका पुजारीलाई भन्ने गर्छन् । पुजारीले भक्तजनले भनेको कुरा खयर भारानीलाई पुरा गरिदिनु भन्ने आग्रह गर्दै तलाउबाट हिलो माटो, ढुङ्गा आदी झिकेर दिने गर्छन् ।

खयर बराही ताल र थानमा नरिवल र साँडले पुजा गर्ने परम्परा छ । प्रसादका लागि भेटि चढाई धजा लिने नौलो चलन रहेको छ । किंवदन्ति अनुसार बराही माईका नौ बहीनी मध्य जेठी बहिनी खयर भारानी हुन भने, पोखरा फेवातालको बिचमा रहेको ताल बराही माईली बहिनी हुन् भन्ने जनश्रृति पाईन्छ ।

त्यस्तै राम्चेको नांगी बाराही, शिखको कान्छि बाराही, हिस्तानको प्यारी बाराही पनि खयरकै बहीनीहरु भएको स्थानीयबासी बताउँछन् । धौलागिरि हिमालको फेदीमा अवस्थित रिखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ जनैपूर्णिमाको अवसरमा विशेष पुजा हुने गर्छ ।

जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी, पात्लेखर्क हुदै दुई दिनको पैदलयात्रापछि रिखार पुगेका छन् । अग्लो पहाडको टुप्पोमा रहेको तलाउ माथि डुंगा आकारको ढुंगामाथि रहेको रिखारमा सप्तऋर्षि कश्यप, भरद्धाज, गौतम, जमदग्नी, बरिष्ठ, विश्वामित्र र अत्रीले तपस्या गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...