जेष्ठ नागरिक आश्रमलाई फेन्सी ब्यवसायीको सहयोग

Add Samajik bikash office

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–९ मा रहेको गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ ।

समितिको छैठौ स्थापना दिवसको अवसरमा बिहिबार नगद रु. सात हजार ५०५ जेष्ठ नागरिक आश्रमलाई सहयोग गरिएको हो । आश्रममा हाल ४८ जना जेष्ठ नागरिक छन् ।

Bhautik ministry notice about road

समितिका अध्यक्ष तुलसीनाथ सुवेदी (रामप्रसाद) ले बाचौ र बचाऔ भन्ने समितिको नारा अनुसार जेष्ठ नागरिक आश्रमलाई सहयोग गरिएको बताउनुभयो । यसअघि बेनीको बालगृहमा रहेका बालबालिकाहरुलाई खिर भोजन गराइएको थियो ।

Shreekrishna hardwear in news

समिक्षा सहित शुक्रबार समितिको त्रिदिवसीय स्थापना दिवसको कार्यक्रम समापन गरिने अध्यक्ष सुवेदीले बताउनुभयो । सुवेदीले जेष्ठ नागरिक आश्रमका कार्यालय सचिव सितादेवीलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष रवी शर्मा, कोषाध्यक्ष देवीप्रसाद शर्मा (डिपी), सदस्य इन्द्रप्रसाद सुवेदी, दिनेश शर्मा लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । वि.स. २०७४ मा स्थापना भएको समितिले व्यवसायिक हकहितका साथै विपद् व्यवस्थापन, महामारी नियन्त्रण, अनाथ, असाहय र जेष्ठ नागरिकहरुलाई सहयोग गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...