अडिटर्स एशोसियसनको कार्यालय स्थापना

Gandaki Ghumau

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ ।

बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको अध्यक्ष नारायण प्रसाद सुवेदीले बताउनुभयो ।

Gunasthariya Shiksya

कार्यालयबाट कम्पनीदर्ता, कम्पनी अध्यावधिक, पान÷भ्याट दर्ता, मासिक भ्याट रिटर्न, कम्पनीको सेयर लगत, कर परामर्श, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद विक्रि लगायत सबै लेखा परिक्षणको सेवाहरु उपलब्ध हुने अध्यक्ष सुवेदीले बताउनुभयो । संगठनमा ६ व्यवसायीहरु आवद्ध छन् ।

Shreekrishna

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत शालिग्राम आचार्य, डिभिजन वन अधिृकत मनोज रानाभाट, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, ग्रोवाइज विजनेस सोलुसनका संचालक सरोज सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...