पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन सांसद केसीको माग

Shreekrishna hardware

बेनी । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले दुई वर्षअघिका पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन माग गर्नुभएको छ ।

गण्डकी प्रदेशसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद केसीले मापदण्ड अनुसार घर पुननिर्माण गरेका पहिरो पिडितलाई तत्काल अनुदान उपलब्ध गराउन माग गर्नुभएको हो ।

म्याग्दीका २०७ जना पहिरो पिडितलाई निजी आवास पुननिर्माणका लािग अनुदान सम्झौता भएको छ । सम्झौता अनुसार १९२ वटा घर पुननिर्माण भइसकेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Shreekrishna

रु. पाँच लाख मध्य संघीयले ६०, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत अनुदान उपलब्ध गराउन कार्यबिधी अनुसार स्थानीय तहले रु. पचास हजारका दरले भुक्तानी गरेका छन् । संघीयले ६० प्रतिशत बजेट पठाईसकेको छ ।

बनिसकेका घरको प्राबिधिक नाँचजाँचलाई तिब्रता दिन र प्रदेशले उपलब्ध गराउनुपर्ने बजेट विपद् व्यवस्थापन समिति मार्फत भुक्तानी गर्न सांसद केसीले सरकारसँग माग गर्नुभएको हो । प्राबिधिक नापजाँच र अनुदान निकासमा ढिलाई हुँदा पहिरो पिडित समस्यामा परेका छन् ।

Ban devision notice

सांसद केसीले मालिका गाउँपालिकाको विभिन्न ठाउँका पहिरो पिडितलाई राहत, जोखिममा परेकाहरुको सुरक्षित बसोवासको व्यवस्था र घाइतेको उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो ।

साउन १७ गतेको पहिलोले मालिका–२ गाल्दाका धामबहादुर बिकको परिवारका पाँच जनाको मृत्यु, गोठे विक र उहाँकी श्रीमति घाइते हुनुभएको थियो । मालिका २ मा पहिरोका कारण ११ र वडा नम्बर ६ मा ४ मा ६ घरपरिवार विस्थापित भएका छन् ।

यसैगरी सांसद केसीले भुक्षयको अत्याधिक समस्या रहेको म्याग्दीमा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्नुपर्ने माग गर्नुभयो । बाढी पहिरो र नदी नियन्त्रणको कामलाई प्रभावकारी बनाउन म्याग्दीमा भु तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्नुपर्ने सांसद केसीको भनाई थियो ।

यस्तै शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य केसीले बेनी अस्पताल भवन निर्माणमा भएको ढिलासुस्ति, लापरबाही र उपचार सेवामा परेको असरका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार बेनी अस्पतालको भवन बनाउने जिम्मेवारी लिएका ठेकेदारले गरेको कामको भन्दा ५७ लाख बढी भुक्तानी लिएको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

पाँच वर्षअघि निर्माण शुरु भएको बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई पूर्णता दिएर सेवा प्रवाहलाई सहज बनाउन माग गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...