दरबाङमा बजार अनुगमन

Gandaki Ghumau


दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर –६ स्थित दरबाङमा बुधबार बजार अनुगमन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजनामा बजार अनुगमन भएको हो । दरबाङ क्षेत्रमा मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा म्याद गुज्रेका सामान बिक्री गरेको र पसलहरुमा मुल्य सुची नराखिएको लगायत पाइएको छ ।

Gunasthariya Shiksya

म्याद नाघेएका सामाग्रीहरुलाई प्याकेजिङ गरेर अन्यन्त्र व्यवस्थापन गरिएको छ । भने पसल संचालकहरुलाई सामाग्री खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेरेर बढी म्याद भएका खरिद गरेर विक्रि वितरण गर्न सचेत गराइएको प्रमुख शर्माले बताउनुभयो ।

Shreekrishna

बजार अनुगमनलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । अनुगमनमा कार्यालय प्रमुख शर्मा सहित कार्यालयका अन्य दुइ जना कर्मचारी, मालिका गाउँपालिकाबाट अशोक रिजाल, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका अध्यक्ष लेक पुन, जिल्ला प्रशासन कार्यालयबाट गोविन्द पुन, सुरक्षाकर्मी, व्यवसायी, लगायतको सहभागिता थियो ।

????????????????????????????????????
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...