धाइरीङमा करेन्ट लागेर एक जना घाइते

Gandaki Pardesh notice

साजन परियार
धाइरीङ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा बुधबार करेन्ट लागेर १ जना घाइते भएका छन् ।

धाइरीङको छहरा टोलकी २९ वर्षीय फुलमाया दर्जी लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएको हो । उहाँलाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । बेनी अस्पतालले पोखरा रिफर गरेको आफन्तले बताएका छन् ।

Bhautik ministry notice about road

धाइरीङमा पछिल्लो तीन दिनमा दुई वटा विद्युतीय दुर्घटना भएका छन् । गत सोमबार धाइरीङको धारापानीमा हाइभोल्टेज करेन्ट प्रवाह हुँदा ५० वर्षीय सिता क्षेत्रीको मृत्यु भएको थियो ।

Shreekrishna hardwear in news

१३ जना करेन्ट लागेर घाइते भएका थिए । स्थानीय प्रताप शर्माका १६ वटा बाख्रा मरेका थिए । धारापानी गाउँका अधिकांश घरको मिटरबक्स र वायरीङ तार जलेको थियो । कुश्मामा विद्युत प्राधिकरणले जोखिमयुक्त लाइन मर्मत गर्ने लगायतका सहमति गरेको दुई दिनपछि पुन अर्को विद्युतीय दुर्घटना भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...