सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीमा बुधबार वृक्षारोपण गरेर सामुदायिक वन दिवस २०७९ मनाइएको छ ।

डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति र बराहपाखो सामुदायिक वन समूहको सहआयोजनामा वृक्षारोपण गरिएको हो । कल्कीफुल, कपुर, गोलमोहर, तेजपात, वर, समि प्रजातिका १३२ वटा बिरुवा रोपिएको वन डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाकोे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती, शसस्त्र प्रहरीका डिएसपी हरिबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

Shreekrishna

सो कार्यक्रममा बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णुप्रसाद गौतमलाई वन कार्ययोजना हस्तान्तरण गरिएको थियो । जनप्रतिनिधी, सामुदायिक वन उपभोक्ता महासंघका पदाधीकारी प्रतिनिधी र बराहपाखोका उपभोक्ताहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...