महँगी र भ्रष्ट्राचार विरुद्ध एमालेको प्रर्दशन

Gandaki Pardesh notice

बेनी, । नेकपा एमालेका भातृ संगठनहरुले बुधबार बेनीमा महँगी र भ्रष्ट्राचारको विरुद्धमा प्रर्दशन गरेका छन् ।

हाँडेभिर स्थित एमालेको जिल्ला पार्टी कार्यालयबाट नारावाजी गर्दै एमालेका १६ वटा जनवर्गीय संगठनमा आवद्ध कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र कोणसभा गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय तथा गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालय समेत पठाउने गरि विभिन्न क्षेत्रमा लागु गरिएको मूल्य वृद्धि लगायतका जनविरोधी निर्णयहरु फिर्ता लिन ज्ञापन पत्र बुझाईएको नेकपा एमालेका उपसचिव तथा समन्वय समितिका संयोजक थमसरा पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गठवन्धनको सरकार बनेदेखि देशको अवस्था धराशायी बन्दै गएको, सरकारले जनहितमा कुनैपनि काम नगरेको, अर्थतन्त्र चौपट भएको, महंगी, भ्रष्टाचार र बेथितिले सिमा नाघेको र देशको राष्ट्रियता र सार्वभौमसत्ता इतिहासकै कमजोर अवस्थामा पुगको भन्दै सरकारको खवरदारी गर्न नेकपा एमाले सडकमा ओर्लिएको पुनले बताउनुभयो ।

विरोध सभालाई राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज एवम नेकपा एमाले गण्डकी प्रदेश सदस्य सन्तोष रावल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल र उपसचिव एवम् जनवर्गीय संगठन विभाग प्रमुख थमसरा पुनले सम्वोधन गर्नुभएको थियो ।

नेकपा एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले संचालन गर्नुभएको कार्यक्रममा जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बुधवार गण्डकी प्रदेशको ११ वटै जिल्लामा विरोधको कार्यक्रम अन्तर्गत म्याग्दीमा पनि विरोध सभा आयोजना गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...