बेनी नगरपालिकामा ‘जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु

Add Samajik bikash office

बेनी,। बेनी नगरपालिकाले ‘जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु गरेको छ ।

७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले मंगलबारदेखि स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकको स्वास्थ्य अवस्था सहितको विवरण संकलन थालेका जानकारी दिनुभयो ।

“जेष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरि घरदैलोमै औषधी उपचार गर्न कार्यक्रम कार्यान्वन गरेका हौ,” उहाँले भन्नुभयो “पहिलो चरणमा ७ वटा वडामा जेष्ठ नागरिकको लगत संकलन शुरु भएको छ ।”

Shreekrishna hardwear in news

बेनी बजारभित्र पर्ने वडा नम्बर ७ र ८ का बासिन्दाले जिल्ला अस्पतालबाट सेवा लिने गरेका छन् । वडा नम्बर ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ । ठूला वडामा एक हप्ता र साना वडामा तीन देखि चार दिनभित्र जेष्ठ नागरिकको लगत संकलन गरिसक्ने नगरप्रमुख केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

उनिहरुको स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधीका विषयमा समेत विवरण संकलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिएका छन् । स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकेका स्वास्थ्य समस्या पहिचान भएको छ ।

वडा नम्बर ५ पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक जना वृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ परेको अवस्थामा भेटाएका छन् । ती वृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगर प्रमुख केसीले बताउनुभयो ।

लगत संकलन भएपछि नसक्नेलाई घरमै र हिड्न सक्नेलाई चिकित्सकलाई टोल टोलमा लगेर औषधी र उपचार सेवा दिने योजना बनाएको नगर प्रमुख केसीले बताउनुभयो । जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु. १२ लाख बिनियोजन गरेको छ ।

यसैगरी बेनी नगरपालिकाले हरेक महिनाको १५ गते नसर्ने रोग पहिचानका लागि शिविर सञ्चालन गर्दै आएको छ । मुटु, मृगौला, उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोगका बिरामी पहिचान गरि उनिहरुलाई उपचारको पहुँचमा ल्याउन कार्यक्रम सञ्चालन गरेको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...