बेनीका सामुदायिक विद्यालय अनुगमनमा जनप्रतिनिधी

Add Samajik bikash office

बेनी। बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले सामुदायिक विद्यालयको अनुगमन थालेका छन् ।

सामुदायिक विद्यालयको अवस्था, समस्या, सम्भावना र चुनौति पहिचान गरी सुधारको उपाय खोज्न जनप्रतिनिधीहरुको टोलीले अनुगमन थालेका हुन् । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने र सामाजिक विकास समितिका संयोजक चक्र केसीको नेतृत्वमा तीन वटा टोलीले नगरका सबै सामुदायिक विद्यालयमा एकै साथ अनुगमन थालेका हो ।

शिक्षा अधिकृत कमल ढकाल, स्रोत व्यक्तिहरु जयराम सुवेदी र मोहन बानिया सहित उहाँहरुले कक्षा कोठा देखि विद्यालयको भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारि लिने र छलफल गर्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँहरुले कक्षा कोठामा कसरी शिक्षण भइरहेको छ भन्ने विषयमा पनि अनुगमन गर्नुभएको छ । १० वटा वडा भएको बेनी नगरपालिकामा ५६ वटा सामुदायिक विद्यालय छन् । अनुगमनबाट प्राप्त हुने प्रतिवेदनको आधारमा बेनी नगरपालिकाको शैक्षिक सुधारको योजना बनाएर कार्यान्वयन गर्ने नगर प्रमुख केसीले बताउनुभयो ।

समस्या, आवश्यकता र सुधारको उपाय पहिचानका लागि विद्यालय अनुगमनमा निस्किएको उहाँले बताउनुभयो । प्राथमिक तहमा विद्यार्थी संख्या न्युन रहेको उहाँको भनाई छ । शिक्षक र विद्यार्थी संख्याको अनुपात तथा सन्तुलन कायम गर्ने चुनौति पनि रहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...