बेनीमा छाडा चौपाया व्यवस्थापन थालियो

Add Samajik bikash office

बेनी, म्याग्दीको बेनी नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न थालेको छ ।

जिल्ला सदरमुकाम बेनी बजारमा छाडा छोडिएका गाई, साँधे र बाच्छाबाच्छीलाई व्यवस्थापन गरिएको हो । नगरप्रमुख सुरत केसीले बेवारिसे गाई, बाच्छालाई इच्छुक कृषकलाई पाल्नका लागि उपलब्ध गराएर व्यवस्थापन गर्न थालिएको जानकारी दिनुभयो ।

“गत जेठमा सूचना प्रकाशन गरेर सम्बन्धित कृषकलाई आफ्ना गाई, बाच्छा लैजान अनुरोध गरेका थियौ,” उहाँले भन्नुभयो “धनी पहिचान नभएका गाई, बाच्छाबाच्छी र साँधेलाई पाल्न ईच्छुक कृषकहरुलाई उपलब्ध गराउन थालिएको छ ।”

Shreekrishna hardwear in news

जेठमा २९ वटा छाडा गाई रहेकोमा १६ वटा चार जना कृषकहरुले नगरपालिकासँग सम्झौता गरेर लगेका छन् । मंगला गाउँपालिका–२ लरेनीका समलाल किसान, डिलबहादुर किसानले पाँच÷पाँच वटा, मंगला–३ भोर्लेनीका प्रेम गिरीले ३ वटा र अर्का एक जना कृषकले ३ वटा छाडा गाई लगेर पाल्नुभएका नगरप्रमुख केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाको पशु सेवा शाखाका प्राबिधिकहरुले छाडा चौपाया पहिचान गर्न ट्याग लगाएर कृषकलाई जिम्मा लगाउने गरिएको छ ।

दूध र मलका लागि पाल्न छाडा गाई लगेको लरेनीका समलाल किसानले बताउनुभयो । ट्याग लगाएका गाई मरेमा नगरपालिकामा खबर गर्नुपर्ने शर्त राखिएको छ । छाडागाईका कारण बेनीमा सवारी आवत जावत प्रभावित, दुर्घटनाको जोखिम, बजार व्यवस्थापनमा समस्या भएको थियो ।

छाडा चौपाया बेनी बजारको चुनौति बनेका थिए । पसलमा राखेका तरकारी र फलफुल खाइदिएर छाडा चौपायाले ब्यापारीलाई हैरान बनाएका थिए । बर्षौदेखिको छाडा चौपाया ब्यवस्थापन गर्ने योजनाले पूर्णता पाउन लागेको हो ।

यसअघि कान्जिहाउस बनाउने र गौशालामा पठाउने योजना सफल भएको थिएन् । दूध दिन छाडेपछि कृषकहरुले गाईलाई बजारमा ल्याएर छाड्ने गरेका छन् । नगरपालिकाले व्यवस्थापनको प्रक्रीया थालेपछि पनि केही नयाँ गाई ल्याएर बेनीमा छाडिएका छन् । दूध नदिने गाई र बहरलाई छाडा छाड्ने गरेका हुन् । ब्याउने गाईले दूध दिन छाडेपछि बजारमा ल्याएर छाड्ने र ब्याएपछि घर लैजाने गरेका छन् । –

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...