क्षेत्री महिला समाज बेनी नगरको कार्यसमिति चयन

Gandaki Ghumau

बेनी । बेनीमा शनिबार सम्पन्न क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानिया, कोषाध्यक्षमा जमुना थापा, सहसचिवमा सुनिता केसी चयन हुनुभएको छ । सिता केसी, राधिका खत्री क्षेत्री, रिता थापा, सलिना भण्डारी खत्री, कमला निउरे, निरु भण्डारी, पार्वति बानिया, अनिता खत्री, सुशिला बानिया, सरिता बानिया केसी र अनिता कार्की सदस्यमा चयन हुनुभएको छ ।
साधारणसभामा सिता थापा कुँवरले संस्थागत प्रतिवेदन, सिता कार्की बानियाले सचिव र रेखा कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य अमृतादेवी बानिया, बेनी नगरपालिकाका पुर्व उपप्रमुख सञ्जु बरुवाल, क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कार्की, संस्थापक अध्यक्ष एकेन्द्र रावल, कमला जिसी, सञ्चारिका समुह म्याग्दीका संयोजक देवी जिसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
क्षेत्री महिला बेनी नगर समितिका अध्यक्ष सिता कुँवर थापाको अध्यक्षता, गङ्गा थापा कार्कीको स्वागत र सिता बानिया कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...