रघुगंगामा १५३ योजना कार्यान्वयन

Gandaki Pardesh notice

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिको गत आर्थिक वर्ष २०७८÷०७९ मा १५३ योजना कार्यान्वयन गरेको छ ।

मौवाँफाटमा शनिबार भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्वाधारसँग सम्बन्धित १५९ वटा योजना छनौट भएकामा १४३ वटा उपभोक्ता समिति र १० वटा ठेक्का प्रक्रीयाबाट कार्यान्वयन भएको जानकारी गराइएको हो ।

गाउँपालिकाका ईञ्जिनियर सुदिप गौतमले पूर्वाधार योजनाहरुका लागि बिनियोजन भएको रु. ११ करोड ७७ लाख ४७ हजार बजेट मध्य ७२.९२ प्रतिशत अथवा रु. आठ करोड ५८ लाख ७२ हजार ५४७ खर्च भएको जानकारी दिनुभयो । यो विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमका ३० वटा योजना बाहेकका हुन् ।

Shreekrishna hardwear in news

२५ वटा भवन, ३५ वटा सडक, ३२ वटा स्वास्थ्य, शैक्षिक संस्था र खेलकुद पूर्वाधार, ११ वटा खानेपानी तथा ढल, १७ वटा गोरेटोबाटो, १ वटा सिचाई, १ वटा विद्युत, ८ वटा सम्पदा र बस्ती संरक्षण, ४ वटा मन्दिर, ३ वटा जग्गा व्यवस्थापन र ८ वटा अन्य शिर्षकका योजना कार्यान्वयन भएका हुन् ।

गत वर्ष ७.५८ किलोमिटर सडक निर्माण, ५२ किलोमिटर सडक स्तरोन्नति, ४०५ मिटर पक्कि नाली निर्माण, ८.८६ किलोमिटर गोरेटो बाटो निर्माण, ६ वटा पोखरी र ताल तलैया, एक वटा चिस्यान गृह, १४ वटा सामुदायिक भवन निर्माण र मर्मत, २०० मिटर घेराबार, ४ वटा विद्यालय भवन निर्माण र १४ वटा मर्मत, २०७ घरधुरीमा खानेपानी सुविधा विस्तार, १० वटा खेलमैदान निर्माण, ७०० मिटर ढल निकास भएको छ ।

Bhautik ministry notice about road

टोड्केमा पार्क र मौवाफाँटमा गाउँपालिका भवन निर्माण गरेको रघुगंगाको भगवतिमा वडा नम्बर २ को वडा कार्यालय र चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माणाधिन अवस्थामा छ । सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत ६५ वटा घर निर्माणाधिन रहेका र मनसुनजन्य विपद्बाट प्रभावित १३ वटा पुननिर्माण र प्रवलीकरण भएका छन् ।

लेखा अधिकृत खगराज सुवेदीले गत आर्थिक वर्षमा कुल रु. ४८ करोड ९४ लाख ५७ हजार २०५ बिनियोजन भएकोमा रु३८ करोड ५७ लाख खर्च भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको रु. ३६ लाख मात्र बेरुजु रहेको बताउनुभयो ।

आन्तरिक लेखा परीक्षक कुशल ढुङ्गानाले रु. एक करोड तीन हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकोमा रु. ७७ लाख मात्र आम्दानी भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्नुका साथै सूचना प्रबिधिको प्रयोग गरेर गाउँपालिका, वडा र शाखा कार्यालयको सेवालाई नागरिकमैत्री बनाउने प्रयास गरेको, राजस्व संकलनमा सफ्टवयरको प्रयोग गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, प्रशासन, विपद्, न्यायिक समिति, पञ्जिकरण शाखा र वडा कार्यालयको विवरण सम्बन्धित शाखाका प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले पहिलो कार्यकालमा गाउँपालिकाका सबै वडाका बस्तीहरुमा सडक सुबिधा पु¥याएको बताउदै नयाँ आर्थिक वर्षको योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न निर्देशन दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी पुनले स्वागत गर्नुभएको थियो । वडा अध्यक्ष, कार्यपालिका सदस्य र जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रममा गत आर्थिक वर्षका उपलब्धी, समस्या, चुनौति, सम्भावना र भएका पहलको विषयमा छलफल भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...