![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको घट्टेखोलामा पुल निर्माण भएको छ ।
धवलागिरीको ५, ६ र ७ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने घट्टेखोलामा मोटरसाइकल तार्न मिल्ने किसिमको पुल निर्माण भएको हो । सो ठाउँमा यसअघि काठको जिर्ण पुलमा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था थियो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
फलामको बिममा काठ राखेर ८ मिटर लामो, १.१५ सेन्टिमिटर फराकिलो ट्रस प्रबिधिको पुल निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
“बर्खामा बाढी आउँदा मोटरसाइकल तर्न नसक्ने र पैदलयात्रुलाई जोखिम भएपछि पुल बनाएका हौ,” उहाँले भन्नुभयो “दुईतर्फ ढलान गरेर जिप बनाई फलामको बिममाथी काठ राखेर बनाएको पुलमा दायाँवायाँ रेलिङ्ग छ ।”
उपभोक्ता समिति मार्फत पुल निर्माणका लागि रु.दुई लाख ४२ हजार लागत अनुमान गरिएको थियो । सो पुलबाट धवलागिरी गाउँपालिकाका सबै सात वटा वडाका बासिन्दा लाभान्वित भएका छन् ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)