म्याग्दी क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष सुवेदी सम्मानित

Gandaki Pardesh notice

बेनी। म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीलाई शिनबार पोखरामा सम्मान गरिएको छ ।

जर्ज जोन शिक्षा प्रतिष्ठानले समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको गुणस्तर सुधारमा योगदान गरेवापत सुवेदीलाई सम्मान गरेको हो । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सुवेदीलाई प्रशंसापत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सुवेदीको कार्यकालमा म्याग्दी बहुमुखी क्यापसले धौलागिरी क्षेत्रमै पहिलो पटक विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायण (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतिष्ठानले पृथ्वी नारायण क्याम्पस पोखराको गुणस्तरीय व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेलेका प्राध्यापक डाक्टर मीन पुन (म्याग्दी)लाई पनि सम्मान गरेको छ । यसैगरी तथ्याङ्क शास्त्री प्रा.डा. विकास केसी (पर्वत), सामुदायिक विद्यालयको व्यवस्थापनमा योगदान दिने टिकाबहादुर कार्की, शैक्षिक अभियन्ता हुतराज शर्मा र शिक्षाकर्मी मनसुवा थापालाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानको २४ औ वार्षिकोत्सवको अवसरमा प्रदेश प्रमुख गुरुङका साथै पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सीपल सर जर्ज जोन, डा. एलिआमा जोन तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गेहेन्द्रेश्वर कोइरालाले संयुक्त रुपमा प्रमाणपत्र वितरण र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । पृथ्वीनारायण क्याम्पसका संस्थापक जोर्ज जोनको नाममा वि.स. २०५२ मा प्रतिष्ठान स्थापना भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...