मालिका ४ मा पहिरोका कारण छ घर विस्थापित

Add Samajik bikash office

बेनी, म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण छ घरपरिवार विस्थापित भएका छन् ।

छिपछिपेमा ५ र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले साउन १६ र १७ गतेको बर्षातका कारण घर जोखिममा परेकाहरुलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

छिपछिपेका केशबहादुर गोतामे, नरबिर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेका परिवारलाई आफन्तकोमा राखिएको छ । महभिरका टेकबहादुर बिकका परिवारलाई सामुदायिक भवनमा राखिएको छ ।

Shreekrishna hardwear in news

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि बिस्थापित भएका हुन् । सिद्धार्थ आमा समूह, परिबर्तन युवा क्लव च्युरीबोटका पदाधीकारी, सदस्य र स्थानीयबासीहरुले विस्थापितका घरका सामान सारेका छन् । जनप्रतिनिधीहरुको टोलीले बिहिबार पहिरोग्रस्त क्षेत्रको निरिक्षण गरेर अस्थायी बसोबास र पहिरो नियन्त्रणका लागि सघाउने प्रतिवद्धता जनाउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...