बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन

Gandaki Pardesh notice

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।

मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार पहिरो खसेपछि ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको काभ्रे–घाँसा खण्ड अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो खसेको ठाउँमा मार्ग खोलेर बिहिबार साँझदेखि यातायात सञ्चालन भएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

“काभ्रेभिरको पहिरो माथि ट्याक खोलेर सडकमा यातायात सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो “घोप्टेभिरमा सडक भासिएको ठाउँमा पनि मर्मत गरिएको छ ।” आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका डोजर र मजदुर परिचालन गरेर सडक मर्मत गरिएको हो । पहिरो खसेको क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो ।

Shreekrishna hardwear in news

सडक खुलेसँगै रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारी साधन बिच बाटोमै रोकिएका थिए ।

घाँसा देखि पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुदै दाना निस्कने बैकल्पिक पैदलमार्ग प्रयोग गरेर आवत जावत गरेका थिए । सडक अवरुद्ध हुँदा स्थानीयबासीन्दा, मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजनहरु प्रभावित भएका थिए ।
आलु लगायत मुस्ताङमा उत्पादन भएको कृषि उपज निकासी, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी प्रभावित भएको थियो । म्याग्दीको बेगखोला, नैनीबगर, रुप्सेखोला र मुस्ताङको कैकुखोलामा बाढी पहिरोेका कारण अवरुद्ध सडक मर्मत भएपछि बेनी–जोमसोम सिधा यातायात सञ्चालन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...