बाढीको सूचना दिने हेरालु परिचालन

Gandaki Ghumau

बेनी। म्याग्दीका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बर्खायामको अवधीभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्रमा हेरालुको व्यवस्था गरेका छौ,” उहाँले भन्नुभयो “छ वटा स्थानीय तहमा एक÷एक जना हेरालु राखेका छौ ।”

पानी परेको दिन आवश्यकता अनुसार हेरालुहरुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपतकालिन सञ्चालन केन्द्रमा हेरालुहरुले नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउदछन् ।

Gunasthariya Shiksya

सुचनाको आधारमा नजिकको चौकीबाट घटना स्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा शसस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

अन्नपुर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धवलागिरी गाउँपालिको मुना र मुदीमा हेरालु राखेका छन् ।

बेनी स्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भुसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो ।

धवलागिरीको लमसुङ, खोरीया, दर, मराङ, ताकम, मालिकाको देविस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मंगलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिंगा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगंगाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवति, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिरोको जोखिम रहेको कार्यालयले जनाएको छ ।

यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुवेशी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेबगर, ताराखेत, सिंगा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...