नागरिकता विधेयक फिर्ता लिन क्षत्री समाजको माग

Gandaki Pardesh notice

बेनी, । संघीय संसदको दुवै सदनबाट हालै पारित भएको नागरिकता सम्बन्धी बिधेयक फिर्ता लिन माग गर्दै क्षत्री समाज म्याग्दीले मङ्गलवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

समाजका जिल्ला अध्यक्ष लक्ष्मी कार्की र सचिव हिमबहादुर भण्डारीको नेतृत्वमा प्रशासनमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सरकारले संसदमा पर्याप्त छलफल नगरिकनै नागरिकता विधेयक जस्तो संवेदनशील विषयलाई बहुमतको आधारमा पारित गरेकोमा समाजको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । यसैगरी वंशजको अधिकारबाट नागरिकता पाउने आधारबाहेक अन्य आधारबाट विदेशी नागरिकहरुलाई नागरिकता दिने व्यवस्था विभिन्न मुलुकहरुमा आ–आफ्नै नियम र कानुनहरु छन् ।

भारतमा विवाह भएको ७ वर्षपछि मात्रै नागरिकता पाउने प्रक्रिया अघि बढ्ने प्रावधान रहेको ज्ञापनपत्रमा उल्लेख छ । नेपालमा भने विदेशी महिलासँग विवाह हुनासाथ नागरिकता दिन सकिने गरी सरकारले विधेयक प्रस्तुत गरेकाले आम स्वाभिमानी तथा राष्ट्रप्रेमी नेपालीहरुलाई अत्यन्त संवेदनशील बनाएको भन्दै ज्ञापनपत्रमार्फत जनाइएको छ ।

यस्तो व्यवस्थाले विदेशीलाई नेपाली नागरिकता लिन सहज हुनेहुँदा मुलुक विस्तारै ‘फिजिकरण’तर्फ उन्मुख हुने अवस्था देखिएको क्षत्री समाजको ठहर छ । त्यसैले दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयक यथाशीघ्र फिर्ता गर्ने मागसहित ज्ञापनपत्र बुझाइएको क्षत्री समाज म्याग्दीका अध्यक्ष केसीले बताउनुभयो ।

नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयलाई वेवास्ता गर्दै राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति आँच आउन सक्ने विधेयक सरकारले फिर्ता नलिए क्षत्री समाजको नेतृत्वमा आन्दोलनको आँधिबेहोरी सिर्जना हुने र त्यसको जिम्मेवार स्वयं सरकार हुने ज्ञापनपत्रमार्फत चेतावनी दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...