पहिरोमा ज्यान गुमाएकाप्रति नेकपाको श्रद्धाञ्जली

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ मा मंगलबारको पहिरोमा ज्यान गुमाउनेहरुप्रति नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाको जिल्ला कमिटिले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपाका सेक्रेटरी उषा मगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । पहिरोमा पुरिएर मालिका–२ तामिङका घामबहादुर बिक, उनकी श्रमति, दुई छोरा र एक छोरीको निधन भएको थियो ।
गोठे बिक र उनकी श्रीमति गोरी बिक घाइते हुनुभएको थियो । मृतकका परिवारलाई राहत, घाइतेहरुको निशूल्क प्रभावकारी उपचार, जोखिममा रहेकाहरुको सुरक्षित बसोवासको व्यवस्था मिलाउन माग गर्दै उद्दार र राहतमा जुट्न पार्टी कमिटिलाई निर्देशन दिनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...