म्याग्दी कपको उपाधी बागलुङलाई

Gandaki Ghumau

बेनी, । म्याग्दी प्रबासी नेपाली संघ (मोना ) दक्षीण कोरिया द्वारा आयोजित म्याग्दी रनिङ् कप भलिबल–२०२२ को उपाधी बागलुङ समाजले जितेको छ ।

फाइनलमा थेसो परिवारलाई पराजित गर्दै बागलुङले १५ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको हो । दोस्रो बनेको थेसो परिवारले नगद सान लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सान्तवना भएका स्याङ्जा परिवार र तनहुँ समाजले तीन लाख पचास हजार वन प्राप्त गरे । २० समुहले सहभागिता जनाएको प्रतियोगितामा थेसोका टिम क्याप्टेन दिनेश क्षेत्रीले उत्कृष्ट खेलाडीको उपाधी सहित मेडल र एक लाख वन पाउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

मोना दक्षीण कोरीयाका अध्यक्ष सुनेश केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डाक्टर बोजिन्द्र तुलाचन रहनुभएको थियो । रोजगार, अध्ययन र ब्यापार ब्यववसायको शिलशिलामा दक्षीण कोरीयामा पुगेका म्याग्देलीहरु आवद्ध मोनाले त्यहाँ पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

भलिबल प्रतियोगिता सफलता पुर्बक सम्पन्न गर्न उपस्थित सम्पूर्ण संघसस्थाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुनुहुने भलिबल टिमहरुलाई मोना कोरियाका अध्यक्ष केसीले आभार प्रकट गर्नुभएको थिछ ।

प्रतियोगीता सफल पार्न सस्थाले दिएको जिम्मेवारी सफलता पुर्बक निभाई कार्यक्रम भब्य बनाउनुहुने सस्थाका पदाधिकारीहरु, सदस्य एबं स्वयंसेवक, कार्यक्रमलाई प्रयोजन गर्ने मुख्य प्रायोजक जीएमइ रेमिट्यान्स, पुर्णिमा रेस्टुरेन्ट, लालीगुराँस रेस्टुरेन्ट, वुरी ट्राभल्स, नमस्ते रेस्टुरेन्ट, एच डी मोबाइलका साथै आर्थिक सहयोग गर्नुहुने ब्यक्ति र मिडिया पार्टनरहरुलाई पनि मोना कोरियाले आभार प्रकट गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...