साउनको तेस्रो सोमबार गलेश्वरमा तीन लाख सात हजार भेटि संकलन

Gandaki Pardesh notice

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको तेस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ ।

सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले रु. तीन लाख सात हजार भेटि संकलन भएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

साउनको पहिलो सोमबार रु. तीन लाख ३३ हजार ६६६ र दोस्रो सोमबार रु. तीन लाख १८ हजार ३३२ भेटि संकलन भएको थियो । कोषका पदाधीकारी, प्रहरी र जनप्रतिनिधीको रोहबरमा भेटि गनिएको हो ।

Shreekrishna hardwear in news

संकलित भेटि कोषको बैंक खातामा जम्मा हुन्छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा साउन महिनाको सोमबार, महाशिवरात्री र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकाक्षा पुरा हुने विश्वास छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...